Pages

Pages - Menu

छैनन् म संग त्यस्तो कुनै शब्द "कविता"

"छैनन् म संग त्यस्तो कुनै शब्द"



छैनन् म संग त्यस्तो कुनै शब्द ,जुन शब्दले तिमीलाई

 मेरो माया र प्रेमको अभिव्यक्ति महसुस गराउन सकोस 


 छैनन् म संग त्यस्तो कुनै सक्ति, जुन सक्तिले केहि क्ष्येणको लागि

भए पनि तिम्रो याद र कल्पनालाई भुलाउन सकोस 


छैन रहेछ यहाँ त्यस्तो कुनै चिसो पानी, जुन पानीले

तिम्रो यादले जलेर तातो कोइला भएको यो मनलाई जिउदो लाश हुन बाट बचावोस 


छैन रहेछ दुनियामा त्यस्तो कुनै संसार , जुन संसारमा तिम्रो याद र सम्झनालाई

छोड्नुको लागि, पहिले आफुले आफैलाई छोड्नु नपरोस 

Writer : Bhim Thapa Magar 

Copyright© Bhim Thapa Magar