Pages

Pages - Menu

आज फेरी होलि आयो ,तिम्रै याद आइरह्यो(होलि कविता)

"होलि'' कविता





                                                             तिर्सनाको सागर लाई ,सम्झनाले खाई रह्यो   

यादैयादको कालो भेलमा, तिम्रै याद आइरह्यो


बिबसता को कालो बादल ,झुपडीमा छाईरह्यो

ढोका खोलि बाहिर हेरे ,तिम्रै याद आइरह्यो


परिवेश को कोलाहलमा ,सुन्यताले छाईरह्यो

खोजि हिडे साहारालाई ,तिम्रै याद आइरह्यो


चोइटिएको सपनीमा ,तिम्रै तस्वीर छाई रह्यो

आज फेरी होलि आयो ,तिम्रै याद आइरह्यो


बस् : तिम्रै य़ाद आइरह्यो !!!

Writer: Bhim Thapa Magar

copyright: Bhim Thapa Magar