about me

about me

सम्झना छ अझै पनि

सम्झना छ अझै पनि


तिमी धेरै टाढा भए,कल्पना छ अझै पनि,
देख्छु तिमीलाई सपनीमा,सम्झना छ अझै पनि.


खोला सुकि बगर भए,बालुवा छ अझै पनि,
टोलाउछु एकान्तमा,सम्झना छ अझै पनि.


दियो वाली पर्खि बस्छु,साँझ पख अझै पनि,
तिम्रो माया मुटु भरी ,सम्झना छ अझै पनि.


कोइलीको आवाज सुन्दा,झस्किन्छु म अझै पनि,
तिम्रा ती मधुर स्वर,सम्झना छ अझै पनि.


शितल पवन सुस्केरी लाई,सोध्छु म त अझै पनि,
कहाँछिन उनि मनकी रानी,सम्झना छ अझै पनि.


आँखा भरी आँशु पारी,छट्पटिन्छु अझै पनि,
त्यही आँशुमा देख्छु तिमी लाई,सम्झना छ अझै पनि.


मेरो माया जुनीभर लाई,भुल्ने छैन कहिले पनि,
झुठो होईन तिम्रो कसम,सम्झना छ अझै पनि

Writer: Bhim Thapa Magar

Copyright: Bhim Thapa Magar

आज फेरी होलि आयो ,तिम्रै याद आइरह्यो(होलि कविता)

"होलि'' कविता





                                                             तिर्सनाको सागर लाई ,सम्झनाले खाई रह्यो   

यादैयादको कालो भेलमा, तिम्रै याद आइरह्यो


बिबसता को कालो बादल ,झुपडीमा छाईरह्यो

ढोका खोलि बाहिर हेरे ,तिम्रै याद आइरह्यो


परिवेश को कोलाहलमा ,सुन्यताले छाईरह्यो

खोजि हिडे साहारालाई ,तिम्रै याद आइरह्यो


चोइटिएको सपनीमा ,तिम्रै तस्वीर छाई रह्यो

आज फेरी होलि आयो ,तिम्रै याद आइरह्यो


बस् : तिम्रै य़ाद आइरह्यो !!!

Writer: Bhim Thapa Magar

copyright: Bhim Thapa Magar


छैनन् म संग त्यस्तो कुनै शब्द "कविता"

"छैनन् म संग त्यस्तो कुनै शब्द"



छैनन् म संग त्यस्तो कुनै शब्द ,जुन शब्दले तिमीलाई

 मेरो माया र प्रेमको अभिव्यक्ति महसुस गराउन सकोस 


 छैनन् म संग त्यस्तो कुनै सक्ति, जुन सक्तिले केहि क्ष्येणको लागि

भए पनि तिम्रो याद र कल्पनालाई भुलाउन सकोस 


छैन रहेछ यहाँ त्यस्तो कुनै चिसो पानी, जुन पानीले

तिम्रो यादले जलेर तातो कोइला भएको यो मनलाई जिउदो लाश हुन बाट बचावोस 


छैन रहेछ दुनियामा त्यस्तो कुनै संसार , जुन संसारमा तिम्रो याद र सम्झनालाई

छोड्नुको लागि, पहिले आफुले आफैलाई छोड्नु नपरोस 

Writer : Bhim Thapa Magar 

Copyright© Bhim Thapa Magar

मेरो छाती भित्र देखिएको त्यो कालो, दाग हैन,(कविता )

मेरो छाती भित्र देखिएको त्यो कालो, दाग हैन,

                                                       


                                                      मेरो छाती भित्र देखिएको त्यो कालो, दाग हैन,
त्यो त उबेलामा लिएको तिम्रो फोटो हो ।
तिम्रो प्रतिक्षाको घडी लामो हैन प्रीयसी ,
बरु मेरो जिन्दगी चाही छोटोे हो ।

चोरी नहोस् बाचाहरु नलुटियोस सपना,
रहर हाम्रो मोटो हो।
तिम्रो प्रतिक्षाको घडी लामो हैन प्रीयसी ,
बरु मेरो जिन्दगी चाही छोटोे हो ।

माया अन्तै लाउछौ भन्नु , धोका मलाई दिन्छौ भन्नु ,
यो त सबै झुटो हो !
तिम्रो प्रतिक्षाको घडी लामो हैन प्रीयसी ,
बरु मेरो जिन्दगी चाही छोटोे हो ।

 Writer : Bhim Thapa Magar 

 Copyright© Bhim Thapa Magar

Leave your message

Name

Email *

Message *